Online Nepal शुक्रबार, चैत्र १६ २०८०

कानुन अनुसार छुट नदिने अस्पताल प्रशासन बन्द गराउने बालेन शाहको चेतावनी

कानुन अनुसार छुट नदिने अस्पताल प्रशासन बन्द गराउने बालेन शाहको चेतावनी


मध्यान्तर
  • बुधबार, जेष्ठ १७ २०८०

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुन अनुसार छुट नदिने अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका छन् । नियम अनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै मेयर बालेनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसीमा दिँदै उक्त चेतावनी दिएका हुन् ।

    “काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ,” मेयर बालेन बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “यदि, मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।”

    प्रतिक्रिया
    थप समाचार