Online Nepal शुक्रबार, चैत्र १६ २०८०

पार्टीमा योग्य, जुझारु र गतिशील नेतालाई जिम्मेवारी दिन तयार छु : देउवा

पार्टीमा योग्य, जुझारु र गतिशील नेतालाई जिम्मेवारी दिन तयार छु : देउवा


मध्यान्तर
  • शनिबार, जेष्ठ २७ २०८०

  • k|wfgdGqL b]pjf – ;Daf]wg sf7df8f}F, !! ;fpg . k|wfgdGqL z]/axfb'/ b]pjf, a'waf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_sf] s]Gb|Lo sfof{no ejg pb3f6g ;df/f]xnfO{ ;Daf]wg ug{'x'Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

    काठमाडौं । सत्तारूढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।

    शनिवार नेपाली कांग्रेस भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गरे

    पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए ।

    सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी काँग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिंगो पार्टी पङ्क्तिलाई आह्वान गरे ।

    उनले भने, ‘हाम्रो पार्टी ऐतिहासिक पार्टी छ । २००७ सालदेखि लड्दै आएको पार्टी हो । यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्‍याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ । त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ । त्यसपछि मात्रै नेपालमा फेरी प्रजातन्त्रमा संकट आउँदैन । प्रजातन्त्र स्थायी भएर जान्छ ।’

    यस्तै देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको बताए ।

     

    प्रतिक्रिया
    थप समाचार