Online Nepal शुक्रबार, चैत्र १६ २०८०

प्रचण्डको भारत भ्रमणमा भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ? : ओली 

प्रचण्डको भारत भ्रमणमा भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ? : ओली 


मध्यान्तर
  • शनिबार, जेष्ठ २७ २०८०

  • काठमाडौं । प्रमख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको टिप्पणी गरेका छन् ।

    शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त अवस्था राम्रो छैन । देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । त्यसरी नराम्ररी देश पछाडि परेको छ । साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो । अहिले कोभिडको मारले यता उता भनेको होइन । युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ । युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो की के गरेको छ अनि यहाँ युक्रेनका वारले हो प्रचण्डजीले नदीहरू सित्तैमा दिएर आएको ’ ।

    यस्तै ओलीले भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै प्रश्न  गरेका छन् ।

    उनले प्रश्न गरे, ‘प्रचण्डजीको भारत भ्रमणमा भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ? ’

    नेपालका नदी भारतलाई कुन आधारमा दिइएको भनेर प्रधानमन्त्री भन्न नसकेकाले शंका गर्ने ठाउँ रहेको उनको भनाई छ । सरकारले जनतालाई कुन सर्तमा यस्ता सम्झौता भएको हो भन्ने कुराको जानकारी दिनुपर्ने बताए ।

    ओलीले नेपालका नदीहरू भारतलाई सित्तैमा दिएको पनि युक्रेनकै वारले हो भन्दै अर्को प्रश्न गरे ।

     

    प्रतिक्रिया
    थप समाचार