Online Nepal शनिबार, साउन १२ २०८१

एकै जनाले चार जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

एकै जनाले चार जनाको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष


मध्यान्तर
  • आइतबार, भाद्र ३१ २०८०

  • काठमाडौं । गैह्रीगाउँमा भएको चार जनाको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ। आइतबार पक्राउ परेका एक संदिग्ध व्यक्तिले चारै जनाको हत्या स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ।

    सीसीटीभी फुटेजमा देखिएमा एक जना संदिग्ध व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको थियो।

    ती व्यक्ति सामूहिक हत्या प्रकरणको मुख्य व्यक्ति हुन सक्ने प्रहरीको अनुमान थियो। तिनै व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको दाबी छ।

    हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो। आफैं प्रहरी कार्यालय पुगेका राई हत्यामा संलग्न नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

    दिव्य सः फर्निचर मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षका नवीन राईको शुक्रबार राति हत्या भएको थियो।

    कुमार दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन्। मिल भित्र धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शनिबार बिहान ४ जनाको शव फेला परेको थियो। शुक्रबार राति ११:५५ बजे सो मिल भित्र ४ वटा शव फेला परेको थियो।

    प्रतिक्रिया
    थप समाचार