काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको छुट्टै बैठक बोलाएका छन् ।
आज दिउँसो २ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ ।
१४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुने छन् । बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू समुहको छुट्टै बैठक बोलाएका हुन् ।