Online Nepal मंगलबार, असोज १६ २०८०

‘प्रेस्किप्सन’ बिनाको औषधि लिएर गएपछि कोरियामै रोकिए माओवादी नेता दीपशिखा

‘प्रेस्किप्सन’ बिनाको औषधि लिएर गएपछि कोरियामै रोकिए माओवादी नेता दीपशिखा


मध्यान्तर
  • मंगलबार, असोज २ २०८०

  • काठमाडौं । चिकित्सकको ‘प्रेस्किप्सन’ बिनाको औषधि भेटिएपछि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ केही समयदेखि कोरियामै रोकिएका छन्। दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधि भेटिएपछि कोरियाली भन्सार अधिकारीले अनुसन्धान गरिरहेका छन्।

    दीपशिखाले उक्त औषधि कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए। राजदूतले मगाएको औषधि बोकेका दीपशिखालाई कोरियाली अध्यागमनले अनुसन्धान गरेको हो। प्रेस्किप्सन बिनाको औषधि लैजान नमिल्ने भन्दै कोरियाली अधिकारीहरूले दीपशिखालाई कोरियामै रोकेर राखेका छन्।

    यता दक्षिण कोरियास्थित नेपाली राजदूतावासले ‘दीपशिखा’ कोरियामै रोकिएको समस्या समाधान हुने क्रममा रहेको बताएको छ। मंगलबार दिउँसो एक प्रेस नोट जारी गर्दै दूतावासले सउलस्थित नेपाली राजदूत प्याकुरेलले दीपशिखासँग मगाएको औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना भएकाले उनीमाथि कोरियाली अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रेस नोटमा भनिएको छ, ‘भन्सार अधिकारीको माग बमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको छ।’

    भन्सारको प्रमाणीकरण नसकिएसम्म उनलाई कोरियाबाट नेपाल फर्कन रोक लगाइएको छ।

    प्रतिक्रिया
    थप समाचार