Online Nepal शनिबार, साउन १२ २०८१

शेखर समूहको बैठकमा के–के भयो छलफल ?

शेखर समूहको बैठकमा के–के भयो छलफल ?


मध्यान्तर
  • मंगलबार, असोज २ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको मंगलबार बसेको बैठक सकिएको छ। कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार बसेको बैठकमा केन्द्रीय समिति बैठकमा उठाउने अजेन्डा कोशी प्रदेशको विषयसम्म छलफल भएको छ।

    ‘असोज ४ गते केन्द्रीय कार्यसमिति बैठक छ। त्यसमा हामीहरू कसरी प्रस्तुत हुने ? कुन कुन विषय उठाउने ? भन्ने विषयमा हामीले छलफल गर्‍यौँ। विचार विमर्श गर्‍यौँ,’ नेता सञ्जय गौतमले भने।

    सरकारको गतिविधिमा पनि आफूहरूलाई त्यति चित्त नबुझेको उनको भनाइ छ। बैठकमा सो विषय पनि उठेको थियो। ‘कोशी प्रदेशमा पनि बारम्बार हाम्रो पार्टीले, हामीले लिएका निर्णय न्यायसंगत थिएन’, उनले भने, ‘त्यही नै हाम्रो बुझाइ छ। त्यसले हामीलाई राजनीतिक रुपले पनि अप्ठ्यारोमा पारेको छ।’

    गौतमले महामन्त्री विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि समेटेर लैजाने मनस्थितिमा रहेको बताए। ‘आज उहाँहरुले भ्याउनुभएन भन्ने ठानौँ’, उनले भने।

    मंगलबारको बैठकमा आमन्त्रण गरिएका शर्मा र पौडेल दुवै अनुपस्थित थिए।

    प्रतिक्रिया
    थप समाचार