Online Nepal सोमबार, बैशाख १७ २०८१

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेका छौंः मन्त्री भट्टराई

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेका छौंः मन्त्री भट्टराई


मध्यान्तर
  • बुधबार, साउन २९ २०७६

  • sf7df8f}F, @( ;fpg -/f;;_ M gjlgo'Qm ;+:s[lt, ko{6g tyf gful/s p88ofgdGqL of]u]z e§/fO{nfO{ a'waf/ dGqfnodf awfO{ lbPkl5 ;fd"lxs t:jL/df g]kfn Jofkf/ ;ª3sf kbflwsf/L tyf ;b:o . t:jL/ M cRo't /]UdL

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् ।
    नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताए । “ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ”, मन्त्री भट्टराईले भने, “पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ ।”
    संघका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुका साथै उनको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार