Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता रोकियो

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता रोकियो


मध्यान्तर
  • शुक्रबार, असोज ५ २०८०

  • काठमाडौं ।  सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता रोकिएको छ ।

    शुक्रबार बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सरकारले छलफल गर्ने भनिएको थियो । तर, आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ताको समय सारिएको हो ।

    काठमाडौं । आज बिहान ९ बजे  हुने भनिएको आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता स्थगित भएको छ।  बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए । छलफलपछि कानुनमन्त्री गुरुङले आज नै वार्ता निष्कर्षमा पुग्ने बताएका थिए ।

    तर, दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनिएसँगै वार्ताको समय सारिएको नेपाल शिक्षक महासंघले जनाएको छ । वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेका छन् । तर सरकार र शिक्षकबीचको वार्ताको अर्को समय निर्धारण गरिएको छैन ।

     

    प्रतिक्रिया
    थप समाचार