Online Nepal मंगलबार, मंसिर १२ २०८०

प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने

प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने


मध्यान्तर
  • मंगलबार, असोज १६ २०८०

  • काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    संङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विद्युत विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

    यस्तै, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार