Online Nepal शनिबार, साउन १२ २०८१

सदनमा आज ओलीले सम्बोधन गर्ने

सदनमा आज ओलीले सम्बोधन गर्ने


मध्यान्तर
  • मंगलबार, असोज १६ २०८०

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज सदनमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजेदेखि सुरू हुने बैठकमा प्रमुख प्रतिपक्ष दलको धारणा राख्न लागि समय मागेको सभामुखको सचिवालयले जनाएको छ ।

    ओलीले सरकारको पछिल्लो गतिविधि, प्रधानमन्त्रीको विदेश भ्रमण, पछिल्ला समसामियक राजनीतिक घटनाक्रमका विषयमा सम्बोधन गर्ने बताइएको छ ।

    शनिबार अमेरिका र चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले आइतबारको प्रतिनिधिसभाको बैठकमा भ्रमणको उपलब्धिबारे जानकारी गराएका थिए ।

    आजको बैठकमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची छ ।

    प्रतिक्रिया
    थप समाचार