Online Nepal मंगलबार, मंसिर १२ २०८०

गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयोः ओली

गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयोः ओली


मध्यान्तर
  • मंगलबार, असोज १६ २०८०

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताएका छन् ।

    मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताए । उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास बिरोधी रहेको उल्लेख गरे ।

    उनले अहिले विकासका कामलाई ठप्प पारिएको बताए । उनले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए ।

    उनले भने, ‘नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा ९माओवादी केन्द्र० को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन् ततपाईहरु हामी सबैलाई थाहा छ । भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । यी सरकारहरु चरम अनुत्तरदायि, गैर जिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास बिरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरु रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन । भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ । उनीहरुले ऋण तिर्न सकेका छैनन् । दिनुपर्नेलाई आफूले सामान लिएकाहरुलाई, लगाएका कामहरुमा भुक्तानी दिन सकिएको छैन ।’

    अध्यक्ष ओलीले नेकपा ९माओवादी केन्द्र० को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताए ।

    प्रतिक्रिया
    थप समाचार