Online Nepal सोमबार, बैशाख १७ २०८१

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित


मध्यान्तर
  • शुक्रबार, कार्तिक ३ २०८०

  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा  डा.बद्री केसी निर्वाचित भएका छन् ।

    नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् ।

    केसीले एक हजार ३७८ मत पाए । उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा एक हजार २८१ मत, महेशकुमार श्रेष्ठ  एक हजार २२५ मत र रविना थापाले ४७ मत पाएका छन् ।

    यस्तै उपाध्यक्षमा डा विनोद श्रेष्ठ, डा.हेमराज शर्मा , खगेन्द्र न्यौपाने , राजु रेग्मी , रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन् ।

    युवा उपाध्यक्षमा रोशन थापा  दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई  निर्वाचित भएकी छन् ।

    महासचिवमा गौरीराज जोसी  निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याए । महाधिवेसनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार