Online Nepal शनिबार, साउन ५ २०८१

विसंगति, विकृति, अराजकता फैलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक बन्द् गरियो : प्रधानमन्त्री प्रचण्ड

विसंगति, विकृति, अराजकता फैलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न टिकटक बन्द् गरियो : प्रधानमन्त्री प्रचण्ड


मध्यान्तर
  • मंगलबार, कार्तिक २८ २०८०

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकता खलबल हुनबाट जोगाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर यो निर्णय गरिएको उनको भनाइ छ ।

    उनले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतन्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको बताए ।

     

    प्रतिक्रिया
    थप समाचार