Online Nepal शनिबार, साउन १२ २०८१

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै


मध्यान्तर
  • सोमबार, मंसिर ११ २०८०

  • काठमाडौं । आउँदो फागुनमा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ । पहिलो पटक राष्ट्रियसभामा ६ वर्षका लागि निर्वाचित भएका १९ र एक जना मनोनितसहित २० जना राष्ट्रियसभा सदस्य फागुन २० गतेबाट बिदा हुँदैछन् । स्थायी संसदका रूपमा लिइएको राष्ट्रियसभामा हरेक २-२ वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ ।

    राष्ट्रियसभाको पहिलो निर्वाचनमा समान एक तिहाइ सांसदको २, ४ र ६ वर्षे कार्यकालका लागि गोलाप्रथा माध्यमबाट कार्यकाल निर्धारण गरिएको थियो । २ र ४ वर्षे कार्यकाल पूरा गरेका सांसदका स्थानमा निर्वाचन प्रक्रिया मार्फत नयाँ सांसद आइसकेका छन् ।

    अब ६ वर्षे कार्यकाल रहेका बाँकी सांसद पनि फागुन २१ गतेबाट बिदा लिन लागेका हुन् । जसका लागि माघ ११ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारसँग परामर्श गरेको छ । कानुनतः राष्ट्रियसभाका सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गराइसक्नु पर्छ ।

    सोही कानुनी व्यवस्थाका आधारमा आयोगले सरकारलाई माघ ११ गते निर्वाचन गराउन सिफारिस गरेको हो । कानुनी रूपमा माघ १५ भित्र निर्वाचन गराई सक्नुपर्ने व्यवस्था रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार