Online Nepal शुक्रबार, साउन ११ २०८१

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे ओली

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे ओली


मध्यान्तर
  • मंगलबार, मंसिर १२ २०८०

  • फाइल तस्बिर

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न सिंहदरबार पुगेका छन् । दुईजनाबीच अहिले भेटघाट भइरहेको छ ।

    ओली–प्रचण्ड भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको छ ।

    पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेको भन्दै प्रमुख राजनीति दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र रक्षार्थ आफूहरू एकजुट रहेको बताउँदै आएका छन् ।

    प्रतिक्रिया
    थप समाचार