Online Nepal शनिबार, साउन १२ २०८१

प्रदेशका गृहमन्त्रीले भेट्न पाएनन् प्रधानमन्त्री

प्रदेशका गृहमन्त्रीले भेट्न पाएनन् प्रधानमन्त्री


मध्यान्तर
  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौँ । प्रहरी समायोजनको विषयमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीहरु यतिबेला काठमाडौँमा छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषयमा दबाब दिन उनीहरु काठमाडौँ आएका हुन्।

    उनीहरुले प्रधानमन्त्रीलाई मंगलबार दिउँसो २ बजे भेट्ने कार्यक्रम रहेको थियो तर भेट्न पाएनन्। प्रधानमन्त्री दाहालले बागमती प्रदेशका गृहमन्त्री गंगानारायण श्रेष्ठसँग मात्रै भेटेका छन्।

    स्रोतका अनुसार उनले श्रेष्ठलाई भेटेर प्रदेशका गृहमन्त्रीहरुको मागबारे जानकारी लिएका छन्। यद्यपि, प्रधानमन्त्री दाहालले मंगलबार साँझ ५ बजे उनीहरुसँग सामुहिक रुपमा भेट गर्ने भएका छन्।

    प्रतिक्रिया
    थप समाचार