Online Nepal आइतबार, जेष्ठ ६ २०८१

शेख हसिना बंगलादेशको लगातार चौथो पटक प्रधानमन्त्री

शेख हसिना बंगलादेशको लगातार चौथो पटक प्रधानमन्त्री


मध्यान्तर
  • बिहिबार, पुष २६ २०८०

  • काठमाडौँ। बंगलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

    उनको यो लगातार चौथो कार्यकाल हो । आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।

    आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उनले पार्टीका अन्य सांसद्सहित बुधबार सांसद पदको शपथ लिएकी थिइन् ।

    निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उनको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ ।

    प्रतिक्रिया
    थप समाचार