Online Nepal शनिबार, जेष्ठ ५ २०८१

उदयपुर सिमेन्ट उद्योगमा आर्थिक अनियमितता, पूर्व महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

उदयपुर सिमेन्ट उद्योगमा आर्थिक अनियमितता, पूर्व महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा


मध्यान्तर
  • बुधबार, माघ १० २०८०

  • काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का।मु। उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा करिब ४७ करोड रूपैयाँ अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । उदयपुर सिमेन्टको व्यवस्थापन पक्षले सिमेन्ट उत्पादनमा प्रयोग हुने क्लिंकरलगायत वस्तुमा अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

    प्रतिक्रिया
    थप समाचार