Online Nepal सोमबार, बैशाख १७ २०८१

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला


मध्यान्तर
  • मंगलबार, माघ १६ २०८०

  • काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले सोमबार पूर्वप्रधानमन्त्री खान र पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

    इमरान खान प्रधानमन्त्री रहँदा कुरेशी विदेशमन्त्री थिए । दुवै नेतालाई गोप्य दस्तावेज खुलासा गरेको आरोपमा सजाय भएको हो ।

    पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो ।

    पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ ।

    विशेष अदालतको फैसलाविरुद्ध इमरान खानले पुनरावेदन दिन सक्नेछन् ।

     

    प्रतिक्रिया
    थप समाचार