Online Nepal शनिबार, साउन १२ २०८१

गठबन्धनमा खटपट आएको छैन : मन्त्री शर्मा

गठबन्धनमा खटपट आएको छैन : मन्त्री शर्मा


मध्यान्तर
  • शनिबार, फाल्गुन १९ २०८०

  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेकपा (माओवादी केन्द्र) का कारण गठबन्धन तलमाथि नहुने बताएकी छन्।

    संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग शुक्रबार कुराकानी गर्दै उनले आफूहरुको कारणले गठबन्धन तलमाथि नहुने बताइन्।

    माओवादी केन्द्रभित्र पार्टीले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको भन्दै यसमा गठबन्धनले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

    माओवादी राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको भन्दै उनले अध्यक्षमा दाबी गर्नु स्वाभाविक भएको पनि बताइन्।

    ‘गठबन्धनमा खटपट आयो भन्ने कुरा छैन। माओवादी राष्ट्रिय सभामा ठूलो पार्टीको रुपमा पनि आयो। अहिले जति विषयहरु उठेका छन्, त्यो विषयले माओवादीले नै राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो,’ उनले भनिन्।

    उनले माओवादीका कारण गठबन्धन तलमाथि नहुने पनि बताइन्।

    प्रतिक्रिया
    थप समाचार