Online Nepal सोमबार, बैशाख १७ २०८१

केजरिवाल पक्राउविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट

केजरिवाल पक्राउविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट


मध्यान्तर
  • शुक्रबार, चैत्र ९ २०८०

  • काठमाडौं । बिहीबार पक्राउ परेका भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल सर्वोच्च अदालत गएका छन्। पक्राउ गरेकोविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको हो। उक्त रिटमाथि शुक्रबार नै सुनुवाइ हुने भारतीय सञ्चार माध्यमले लेखेका छन्।

    केजरिवालसँगै यो मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियासँगै आम आदमी पार्टीका नेता मुछिएका छन्।

    आदमी पार्टीका नेताले पक्राउ परेका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउनेसमेत बताएका छन्। केजरिवाल पक्राउ परेकोप्रति भारतका प्रतिपक्षी दलहरुलेसमेत विरोध गरेका छन्।

    यसअघि भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित उनलाई पूर्जी जारी गरेको थियो।

    भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा उदाएको आम आदमी पार्टीका नेता केजरीवालमाथि मदिरा घोटाला प्रकरणको आरोप लगाइएको छ। आर्थिक अनियमितता र भ्रष्टाचारमाथि छानविन गर्न बनेको इडीले केजरीवालालई नवौं पटकको प्रयासपछि वयानका लागि बिहीबार साँझ गिरफ्तार गरेको हो।

    प्रतिक्रिया
    थप समाचार