Online Nepal शुक्रबार, बैशाख २१ २०८१

एसएमएस फ्रेन्ड्सिप कपको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हरायो

एसएमएस फ्रेन्ड्सिप कपको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हरायो


मध्यान्तर
  • आइतबार, चैत्र १८ २०८०

  • काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम गुजरातलाई ८ विकेटले पराजित गरेको छ।

    आइतबार गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५।२ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।

    नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख १६ रन जोडेर आउट भएका थिए।

    अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन बनाए। अनिलले ३५ बलमा ३ चौका र १ छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरे।

     

    प्रतिक्रिया
    थप समाचार