Online Nepal सोमबार, बैशाख १७ २०८१

गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, एकजना घाइते

गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, एकजना घाइते


मध्यान्तर
  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौँ । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार