Online Nepal सोमबार, बैशाख १७ २०८१

डिस मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर नियुक्त

डिस मिडिया नेटवर्कको सीईओमा तारा मानन्धर नियुक्त


मध्यान्तर
  • मंगलबार, बैशाख ४ २०८१

  • काठमाडौं । डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । उनलाई सोमबारदेखि कार्यभार सम्हाल्ने गरी सो पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

    २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धर यसअघि मशरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्डललगायत बैंकमा काम गरिसकेका छन् ।

    नवनियुक्त सीईओ मानन्धरले डिस मिडिया नेटवर्कको कार्यभार सम्हालेर व्यवस्थापनलाई चुस्त र सुदृढ बनाउँदै कम्पनीले प्रदान गर्ने सेवाहरूलाई अझ गुणस्तरीय बनाउनेमा प्रमुख भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार