Online Nepal सोमबार, बैशाख १७ २०८१

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, परिसूचक २ हजार बिन्दुबाट तल झर्‍यो

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, परिसूचक २ हजार बिन्दुबाट तल झर्‍यो


मध्यान्तर
  • मंगलबार, बैशाख ४ २०८१

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार पनि दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १४.८१ अंकले घटेर एक हजार ९ सय ९१ दशमलव ७१ विन्दुमा बन्द भएको हो । हिजो पनि नेप्से १६.८२ अंकले घटेको थियो ।

    नेप्सेमा आज २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४२ वटाको बढेको छ भने २०० वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज दुई स्क्रिप्टको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा एसबीएल डिभेञ्चर र गुराँस फाइनान्स रहेका छन् । यी कम्पनीको सेयर मूल्यमा आज क्रमशः सकारात्मक ९.९९ र ९.९६ प्रतिशतले बढेको छ ।

    आज रुरु जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गुराँस फाइनान्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

    प्रतिक्रिया
    थप समाचार