काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ ।
छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी ९नक्सलवादी० बीच भिडन्त भएको थियो । सुरुमा प्रहरीले १८ जना माओवादी मारिएको जानकारी दिएको थियो । पछि फेरि प्रहरीले विज्ञप्ति जारी गरी २९ जना माओवादीको शव बरामद भएको र ३ जना प्रहरी घाइते भएको जानकारी दिएको हो ।
बस्तर क्षेत्रमा १९ अप्रिलमा लोक सभा निर्वाचन हुनुअघि माओवादीहरु मारिएका हुन् । लोक सभा चुनाव बहिस्कार गर्न माओवादीले अपिल गरेको थियो ।
भारतको केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा माओवादीलाई मार्न सफल भएको भन्दै प्रहरीलाई बधाई दिएका छन् । उनले भनेका छन्, ‘आज छत्तीसगढमा सुरक्षा बलको अपरेसनमा ठूलो संख्यामा नक्सली मारिएका छन् ।
प्रहरीका अनुसार एके फोर्टिसेभेन, एन्सास, कार्बाइन लगायतका हतियारहरु पनि बरामद भएका छन् ।
प्रहरीले घाइते प्रहरीहरुको उपचार र घटनास्थलमा सर्च अभियान जारी रहेको जनाएको छ ।