काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।
उपाध्यक्ष लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनलाई उच्च अदालत पाटनबाट २०६४ सालमा दोषी ठहर गरेको थियो।