Online Nepal बुधबार, बैशाख १९ २०८१

जनकपुरमा एक युवती र बालिका जलिरहेको अवस्थामा मृत फेला

जनकपुरमा एक युवती र बालिका जलिरहेको अवस्थामा मृत फेला


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं  । जनकपुरधाम उपमहानगरपालिका १६ पुल चोकको रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा जलिरहेको अवस्थामा एक युवती र बालिकाको शव फेला परेको छ। युवतीको शवसँगै घाइते अवस्थामा भेटिएकी बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    बुधबार राति अन्दाजी २३ वर्षीया युवतीको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    युवतीको शव नजिकै करिब ६-७ महिनाकी बालिका पनि जलेर घाइते अवस्थामा फेला परेकी थिइन्। उनको  उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। ऊनी मृतक युवतीकै छोरी हुनसक्ने अनुमान गरेको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार