Online Nepal बुधबार, बैशाख १९ २०८१

यूएईमा बाढीमा परी एक जना नेपालीको मृत्यु

यूएईमा बाढीमा परी एक जना नेपालीको मृत्यु


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपालीको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

    यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ ।
    यूएईमा दुई दिनदेखी परेको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार