Online Nepal शुक्रबार, बैशाख २१ २०८१

छोराले गरे बुवाको हत्या !

छोराले गरे बुवाको हत्या !


मध्यान्तर
  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौं । तनहुँमा एक व्यक्तिको हत्या आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–६ का २६ वर्षीय दीपक विक छन् ।

    चक्कु प्रहार गरी आफ्नै बुवा ७६ वर्षीय रापबहादुर विकको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    रापबहादुर तनहुँकै शुक्लागण्डकी नगरपालिका–९, घारीस्थित छोरी रस्मी विकको घरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    प्रतिक्रिया
    थप समाचार