Online Nepal शनिबार, बैशाख २२ २०८१

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट


मध्यान्तर
  • मंगलबार, बैशाख ११ २०८१

  • काठमाडौँ । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेर नष्ट भएका छन् ।

    वीरगञ्ज महानगरका– १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलिँदा ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का एक सदस्यले बताए ।

    सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ’, उनले भने, ‘ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।’

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी कायृलयले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताएको छ ।

    आगलागीबाट महेन्द्र सहनी, मैना सहनी, वीरेन्द्र सहनी, तुहान सहनी, फुलदेव सहनी, अभय सहनी तथा अदालत साहको घर, खाद्यान्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएको हो ।
    वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए ।

    यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा १२ करोड ८४ लाख बराबरको क्षति भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार