Online Nepal आइतबार, बैशाख ३० २०८१

पाल्पामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

पाल्पामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


मध्यान्तर
  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौं । पाल्पामा टिपरले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलालको शनिबार टिपरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको दोभानबाट तिनाउ गाउँपालिका-१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले लु.१७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बलालको घटनास्थलमै मृत्यु भएको हो।

    दुर्घटनापछि टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार