Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

कपिलवस्तुमा घरभित्र श्रीमान् श्रीमती मृत फेला

कपिलवस्तुमा घरभित्र श्रीमान् श्रीमती मृत फेला


मध्यान्तर
  • बुधबार, बैशाख १९ २०८१

  • काठमाडौं । कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन् ।

    वाणगंगा नगरपालिका–८ ढोडेकोलमा ६० वर्षीय टेकराज भुषाल र ५५ वर्षीया जुठी भुषाल मृत अवस्थामा भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी तथा प्रवक्ता हरिबहादुर ओलीका अनुसार टेकराज घरको भर्‍याङ छेउमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । उनकी श्रीमती भने कोठाभित्र घाउचोट लागेको अवस्थामा मृत फेला परेकी छन् ।

    घरको ढोका खुलै रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार