Online Nepal शनिबार, साउन १२ २०८१

दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते


मध्यान्तर
  • बुधबार, बैशाख १९ २०८१

  • काठमाडौँ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ ।

    मेजियु शहर र दाबु काउन्टीबीचको एस-१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २ः१० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए ।

    उक्त घटनामा १९ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् । अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ ।

    स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार र अनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ ।

    अहिले करिब ५०० जना उद्धार कार्यका लागि घटनास्थलमा रहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार