Online Nepal शनिबार, जेष्ठ ५ २०८१

इन्डियन बोर्ड तर्फको सीएमा विद्यार्थीको आकर्षण बढ्दो

इन्डियन बोर्ड तर्फको सीएमा विद्यार्थीको आकर्षण बढ्दो


शिला रम्तेल
  • शनिबार, बैशाख २२ २०८१

  • काठमाडौँ । भर्खर +२ सकेका बिद्यार्थीहरुलाई  के पढ्ने कहाँ पढ्ने कता पढ्ने भनेर विभिन्न कलेजहरुमा भिजिटमा रहेका छन् । कोही विदेश जाने र कोही स्वदेशमा नै पढेर केही गर्ने सोचमा रहेका छन् । पछिल्लो समयमा नेपालमा विज्ञान ,व्यवस्थापन, मानवीकी तथा शिक्षाशास्त्रमा विभिन्न कलेजहरुमा पढाइ भइरहेको छ । तर पछिल्लो समयमा एकेडमी भन्दा पनी विद्यार्थीरुहको आइटी तथा प्रोफेसनल कोर्सहरुमा आकर्षण बढ्दो छ । अहिले विद्यार्थीहरु प्रोफेसनल कोर्स अन्तरगत सीए (चार्टड एकाउन्टेसी) तर्फ ठूलै जमात रहेको छ ।

    अहिले नेपालमा थोरै संख्यमा मात्रै सीएहरु रहेको र सीए पढेर र्फम खोल्न वा तत्काल रोजगार पाउन सहज हुने भएकाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको हो । अहिले नेपालमा सीए पढ्नलाई दुईवटा बोर्ड रहेका छन्, नेपाल बोर्ड र इन्डियन बोर्ड । नेपालमा नै बसेर दुबै बोर्डको कोर्स पढ्न सकिन्छ । काठमाडौँको पुतली सडकस्थित एकेडेमी अफ कमर्स (एओसी ) का म्यानेजीङ डाइरेक्टर सीए सुनिल पौडेलका अनुसार इन्डियन बोर्डको कोर्स पनि नेपालमा नै बसेर पढ्न सकिने भएकाले यस तर्फ बिद्यार्थीहरुको आकर्षण बढ्दो क्रममा रहेको बताएका छन् । सीए पौडलका अनुसार नेपाली बोर्ड अन्तर्गत सीएको परिक्षा लिने र सदस्यता दिने काम इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले गर्छ भने इन्डियन बोर्ड अन्तर्गत सीएको परिक्षा लिने र सदस्यता दिने काम भने इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ इन्डिया (आइसीएआइ) ले गर्छ। दुवै बोर्डको पढाईमा खासै फरक नहुने तर सीए उतिर्ण भएपछी अवसर हरुको तुलना गर्दा चाँही इन्डियन बोर्डका सीएहरुलाई विश्वभरि नै अली बढी अवसर हुनुले नै इन्डियन बोर्डप्रति वढी बिद्यार्थीहरुको झुकाब बढेको हो ।

    भारतीय अर्थतन्त्र आफैँमा विश्वको पाँचौ ठुलो अर्थतन्त्र भएको कारण इन्डियन बोर्डका सीएलाई भारतमै प्रशस्त रोजगारका अवसरहरु भएको र विभिन्न देशहरुसँग भएको सम्झौता अनुसार विश्वका १५० बढी मुलुकहरुमा सजिलै रोजगारका अवसरहरु प्राप्त गर्न सकिने पनि पौडेलले बताए । आईसीएआइ विश्वकै दोस्रो ठुलो एकाउन्टिङ बडी हो जसमा आजका दिनसम्म ३,९०,००० बढी सक्रिय सदस्यहरु रहेका छन। सीए फर्म कै कुरा गर्दा पनि ‘बिग फोर’ लगायत अन्य थुप्रै ठुला-ठुला फर्म हरु रहेकाले आर्टिकलशिप गर्नलाई बिद्यार्थीहरुका लागी थुप्रै रोजाई रहेको र कर्पोरेट क्षेत्रमामा काम गर्न चाहनेका लागि पनि सिए बन्नु अगावै “इन्डस्टिेयल ट्रेनिंग” को प्रावधान रहेकाले इन्फोसिस, गूगल, विप्रो, रिलायन्स जस्ता बिश्व प्रसिद्ध कम्पनीमा काम गर्ने मौका समेत विद्यर्थीहरुले पाउने गर्छन। यसरि पढ्दै गर्दा ठुला-ठुला सीए फर्म र कम्पनीमा काम गर्नाले बिद्यार्थीहरुने मल्टिपल फिल्ड को एक्सपोजर पाउन सक्छन जसले उनीहरुको पर्सनल र प्रोफेसनल डेभ्लप्मेट मा एकदमै मद्धत गर्ने हुँदा इन्डियन बोर्ड तर्फ विद्यर्थीको झुकाव बढेको छ ।

    इन्डियन बोर्डको परीक्षा समयमा हुने, हरेक बिषयको परिक्षा एक दिनको ग्यापमा हुने ,मल्टीपल प्रश्नपत्र हुने, थीअरेटिकल बिषयमा ३० प्रतिशत मल्टीपल च्वाइस अनि एउटा इलेक्टिभ पेपर को ओपन बुक परिक्षा लिने भएकाले विद्यार्थीलाई धेरै सजिलो भएको छ । परिक्षा पनि नेपालबाटै दिन सकिने साथै भुटान, दुवइ, श्रीलंकाका केन्द्रहरुबाट समेत परिक्षा दिन पाइन्छ । यसका साथै इन्डियन बोर्डले यही वर्ष देखि पाँच वर्षे कोर्सलाई साढे तीन बर्षे बनाइएको छ ,जसले गर्दा निरन्तर पास गर्ने विद्यार्थीले साढे तीन वर्षमै सीए सक्छन्। यस्तै उक्त बोर्डमा यस अघिका बर्षमा दुइ पटक परिक्षा दिन पाइन्थ्यो भने अबदेखि बर्षमा तीन पटकसम्म परिक्षा दिन पाइन्छ । इन्डियन बोर्डको पाठयक्रम अन्तराष्ट्रिय स्तरको रहेको र सीए बने पछी विश्वको जुनसुकै संघ-संस्थाहरूमा सहजता हुने पौडेल बताए । साथै आइसीएआइबाट सीए सकिऐपछी दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तरको समकक्षतता पाइने भएकाले विद्यर्थीहरुलाइ एकेडमी तहको पनि सहजता भएको छ ।

    प्रतिक्रिया
    थप समाचार