Online Nepal शनिबार, जेष्ठ ५ २०८१

आजको मौसम : देशका केही भू–भागमा वर्षाको सम्भावना

आजको मौसम : देशका केही भू–भागमा वर्षाको सम्भावना


मध्यान्तर
  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौं । आज देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

    यस्तै कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार