Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ मा

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ मा


मध्यान्तर
  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ‘हेर्न नमिल्नेमा राखिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो। यस अघि पटक पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्दा आज ‘ हेर्न नमिल्ने’ मा राखिएको छ।

    यस मुद्दामा यस अघि झगडिया झिकाउन र गौशालाको जन्म मितिको विवरण झिकाउन आदेश दिइएको थियो। काठमाडौं अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन।

    पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै अझै बढी सजाय हुनुपर्ने माग राखेर पुनरावेदन गरिएको छ। उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाइ अगाडी बढाएको छ ।

    प्रतिक्रिया
    थप समाचार