Online Nepal आइतबार, जेष्ठ ६ २०८१

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    प्रतिक्रिया
    थप समाचार