Online Nepal शनिबार, जेष्ठ ५ २०८१

पोखरामा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु

पोखरामा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौं । पोखरामा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी दुई छुट्टाछुट्टै घटनामा ती बालकले ज्यान गुमाएका हुन् ।

    पोखरा महानगरपालिका वडा नं.१८ खपौदी स्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्नेक्रममा स्याङ्जा स्थायी घर भई हाल पोखरा ५, मालेपाटन निवासी वर्ष १४ का सोनम सुवेदीको ज्यान गएको हो । उनी १५ वर्षीय साथी सञ्जय कार्कीसँगै पौडी खेल्न त्यहाँ पुगेका थिए ।

    आइतबार दिउँसो सोनम डुबेको थाहा पाएपछि उद्धारका लागि खटिएको प्रहरी टोलीले उनलाई दिउँसो साढे २ बजे मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  पारिवारिक स्रोतका अनुसार सोनमले भर्खरैमात्रै अमरसिंह माविबाट एसइई परीक्षा दिई बसेका थिए ।

    यस्तै पोखरा १७, पावरहाउस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १६ वर्षीय सुप्रिम पौडेलको मृत्यु भएको छ । जनप्रिय मावि कक्षा १० अध्ययनरत उनी पोखरा नागढुंगा निवासी हुन् । सशस्त्र प्रहरीको कालिका गणबाट खटिएको विशेष विपद् उद्धार तथा गोताखोर टोलीले युवकको उद्धार गरेको थियो । दुवै शव हाल गण्डकी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार