Online Nepal आइतबार, जेष्ठ ६ २०८१

जनकपुरमा सहकारी कर्मचारीबाट हतियारधारीले लुटे ८० लाख

जनकपुरमा सहकारी कर्मचारीबाट हतियारधारीले लुटे ८० लाख


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौँ। जनकपुरधाम उपमहानगरपालिका १९ बाट सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैया हतियारधारी समूहले लुटेर भागेका छन् ।

    शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्र कुमार महतोले मोटरसाइकलमा गइरहेका बेला अर्को मोटरसाइकलमा आएका तीनजनाले रुपैया लुटेर भागेका हुन् ।

    रकम लुटिएकोबारे एक प्रत्यक्षदर्शी बृद्वले भने, ‘मोटरसाइकलमा तीन जना थियो । एक जनाले महतोको मोटरसाइकल रोकेर चावी खोस्यो । अनी पैसा लुटेर भाग्यो ।’

    धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले रकम लुटेर भागेको र अहिले उपलब्धि प्राप्त नभएको बताए । उनले लुटेराको खोजी भइरहेको बताए ।

    प्रतिक्रिया
    थप समाचार