Online Nepal आइतबार, जेष्ठ ६ २०८१

‘ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक

‘ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक


मध्यान्तर
  • सोमबार, बैशाख २४ २०८१

  • काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि शेयर बजार तर्फ आकर्षित गरी सम्पन्न बनाउन उक्त योजना ल्याएको हो ।

    योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउनेछन् । ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटमा गएर त्यसको लिंक अनुसार खोल्न सकिनेछ ।

    उक्त योजना वैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ । ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार