Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • काठमाडौँ । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

    मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरीले बताए ।

    गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् ।मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन्।

    प्रतिक्रिया
    थप समाचार