Online Nepal आइतबार, जेष्ठ ६ २०८१

चीनद्वारा भारतमा राजदूत नियुक्त

चीनद्वारा भारतमा राजदूत नियुक्त


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • काठमाडौँ । भारतमा करिब डेढ वर्षदेखि चीनले राजदूत पठाएको थिएन । यति लामो अवधिपछि चीनका राष्ट्रपति सी जिनपिङले नयाँ राजदूत नियुक्त गरेको प्रंसगले भारतीय मिडियामा प्राथमिकता पाएको छ ।

    टाइम्स अफ इन्डियाले आफ्नो पहिलो पेजमा प्रकाशित गरेको समाचारमा १८ महिनापछि चीनले असाधारण हिसाबले शुई फीहांगलाई भारतका लागि राजदूत नियुक्त गरेको जनाएको छ । त्यसबारेमा औपचारिक घोषणा नभए पनि चीनको विदेश मन्त्रालयले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा अफगानिस्तान र रोमोनियामा राजदूत भइसकेका शुई भारतका लागि चीनका राजदूत हुने पुष्टि गरेको छ ।

    अर्को अखबार द हिन्दूले पनि ६० वर्षीय शुईले चाँडै दिल्लीमा आफ्नो कार्यभार सम्हाल्ने जनाएको छ । यसअघिका चिनिया राजदूत सन विडांग २०२२ को अक्टोबर महिनामा आफ्नो कार्यकाल पूरा गरेर फर्केपछि चीनले भारतमा राजदूत नियुक्त गरेको थिएन । विडांग भारतका लागि राजदूत हुनुअघि पाकिस्तानका लागि चीनको राजदूतको रूपमा समेत काम गरेका थिए । उनी अहिले चीनको विदेश मन्त्रालयमा दक्षिण एसिया मामिला हेर्ने उपविदेशमन्त्री रहेका छन् । अहिले शुईको नियुक्ति भारत र चीनबीच लामो समयदेखि चलिरहेको सैन्य गतिरोध समाधान गर्नका लागि भइरहेको वार्ताको क्रममा भएको छ । दुई देशको सम्बन्धमा मे २०२० मा लद्याखमा भएको हिंस्रक सैन्य झडपपछि तनावपूर्ण मानिन्छ । यसपछि दुवै पक्षले कोर कमाण्डर तहमा २१ पटक वार्ता गरिसकेका छन्

     

     

    प्रतिक्रिया
    थप समाचार