Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेप्सेमा सामान्य गिरावट, थोरैले बढ्यो कारोबार रकम

नेप्सेमा सामान्य गिरावट, थोरैले बढ्यो कारोबार रकम


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • काठमाडौं । साताको चौथो कारोबार दिन नेप्सेमा सामान्य गिरावट आएको छ । आज शून्य दशमलव २१ अंकले घटेर शेयर बजार १ हजार ९६० दशमलव ६० बिन्दुमा बन्द भएको छ ।

    यस दिन कारोबार पनि सुस्त देखिएको छ । आज २ अर्ब ५० करोड रुपैयाँको ५७ लाख ९० हजार १९० कित्ता सेयर खरिद-बिक्री भएको छ । यद्यपि, यो हिजोको भन्दा थोरैले बढी हो ।

    मंगलबार २।०६ अंकले बढेको सेयर बजारमा २ अर्ब १४ करोड रुपैयाँको ५० लाख ६४ हजार ३८ कित्ता सेयर कारोबार भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार