Online Nepal शनिबार, साउन १२ २०८१

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण


मध्यान्तर
  • आइतबार, बैशाख ३० २०८१

  • काठमाडौं । गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी आफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् ।

    ओडकी श्रीमतीले गत चैत २० मा वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । सोही दिन जिल्ला अदालत कंचनपुरले पक्राउ पुर्जी जारी गरेको थियो ।

    बिहीबार प्रहरी समक्ष आत्मसमर्पण गरेका ओड अहिले कञ्चनपुर प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ । उनी नेपाल आइडल सिजन–२ का विजेता हुन् ।

    प्रतिक्रिया
    थप समाचार