Online Nepal बिहिबार, असार ६ २०८१

नेप्सेमा ८.२६ अंकको सुधार, ३ अर्ब १५ करोडको कारोबार

नेप्सेमा ८.२६ अंकको सुधार, ३ अर्ब १५ करोडको कारोबार


मध्यान्तर
  • आइतबार, बैशाख ३० २०८१

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से ८२६ अंकले बढेर एक हजार ९७४ दशमलव ५० विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १२७ वटाको बढेको छ भने १११ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सिर्जनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३७२.८० रुपैयाँ पुगेको छ । यसका साथै आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७.५२ प्रतिशतले बढेको छ ।

    आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.४४ प्रतिशतले घटेको छ । सबैभन्दा बढि साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० करोड ५० लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार