Online Nepal शनिबार, साउन १२ २०८१

नेप्सेमा दोहोरो अंकको वृद्धी

नेप्सेमा दोहोरो अंकको वृद्धी


मध्यान्तर
  • मंगलबार, जेष्ठ १ २०८१

  • काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर भएको छ । आज नेप्से २८.६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २१९ वटाको बढेको छ भने २२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । यसका साथै आज चार कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा बढिले बढेको छ ।

    आज हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.६४ प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १५ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार