Online Nepal शनिबार, साउन १२ २०८१

नेप्सेमा ९.५४ अंकको गिरावट, ३ अर्ब ७० करोडको कारोबार

नेप्सेमा ९.५४ अंकको गिरावट, ३ अर्ब ७० करोडको कारोबार


मध्यान्तर
  • बुधबार, जेष्ठ २ २०८१

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ९.५४ अंकले घटेर दुई हजार १७ दशमलव ९७ विन्दुमा बन्द भएको हो ।

    नेप्सेमा आज ३ अर्ब ७० करोड ८४ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६५ वटाको बढेको छ भने १७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।

    आज गुरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ करोड ८९ लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया
    थप समाचार