Online Nepal शनिबार, साउन १२ २०८१

गायक रवि ओड ५ लाख धरौटीमा रिहा

गायक रवि ओड ५ लाख धरौटीमा रिहा


मध्यान्तर
  • शुक्रबार, जेष्ठ ४ २०८१

  • काठमाडौं ।  गायक तथा गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेता रवि ओड रिहा भएका छन्। वैवाहिक बलात्कार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका गायक ओड ५ लाख धरौटीमा रिहा भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला अदालतको आदेशमा ओड धरौटीमा बिहीबार रिहा भएका हुन्।

    गायक ओडविरुद्ध उनकी पत्नीले चैत २० गते वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यतिबेला ओड बिदेशमा थिए ।

    स्वदेश फर्किएपछि उनी यही वैशाख २७ गते कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए।

     

    प्रतिक्रिया
    थप समाचार